बायोटेक्नोलोजीविद् लामिछानेलाई नास्टको जिम्मा, बालेनले दिए उपकुलपतिमा नियुक्ति



बिजमाण्डू
२०८३ असार ३२ गते १८:५१ | Jul 16, 2026
बायोटेक्नोलोजीविद् लामिछानेलाई नास्टको जिम्मा, बालेनले दिए उपकुलपतिमा नियुक्ति


काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को उपकुलपतिमा प्रा. डा. जनार्दन लामिछाने नियुक्त भएका छन्।

Tata
GBIME

प्रधानमन्त्री एवं नास्टका कुलपति बालेन्द्र शाहले काठमाडौं विश्वविद्यालयका प्राध्यापक लामिछानेलाई उपकुलपति नियुक्त गरेका हुन्।

नास्टका सहकुलपति रहेका विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामिछानेलाई बिहीबार नियुक्तिपत्र दिएका छन्। मन्त्री पुनले नवनियुक्त उपकुलपतिलाई शपथ समेत गराएका छन्।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ साइन्समा पढाउने लामिछाने बायोटेक्नोलोजीविद् हुन्।