काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा साढे ८ वर्ष कैद सजाय सुनाइएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा साढे ८ वर्ष कैद सुनाएको हो। त्यस्तै, १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकिएको छ।
अर्का व्यवसयी दिपक आनन्दलाई पनि ८ वर्ष कैद सजाय र पौडेल बराबरको जरिवाना रकम तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले असार ३० गते दोषी ठहर गरेको थियो।








