एनआईसी एशिया बैंकले सुर्खेत र दाङका दुई विद्यालयलाई गर्‍यो शैक्षिक सामग्री सहयोग



बिजमाण्डू
२०८३ असार ३२ गते १३:१९ | Jul 16, 2026
एनआईसी एशिया बैंकले सुर्खेत र दाङका दुई विद्यालयलाई गर्‍यो शैक्षिक सामग्री सहयोग


काठमाडौं। एनआईसी एशिया बैंकले सुर्खेत र दाङका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

Tata
GBIME

बैंकले सुर्खेतको वीरेन्द्रनगर-८ स्थित सिद्ध बहिरा बालकको स्कुल र दाङको घोराही उप-महानगरपालिका-१८ स्थित आधारभूत विद्यालय गिठेपानीका गरिब तथा विपन्न विद्यार्थीहरूका लागि पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ।

फरक क्षमता भएका ११५ जना विद्यार्थीहरू अध्ययनरत सिद्ध बहिरा बालकको स्कुलमा सोमबार बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालयका प्रधानाध्यापक चिन्तामणि कडेललाई विद्यालय पोशाक प्रदान गरेका थिए।

त्यसैगरी, २७७ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत आधारभूत विद्यालय गिठेपानीमा मंगलबार बैंकका घोराही सर्कल हेड विनोद प्रसाद जैसीले विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद भट्टराईलाई विद्यालय पोशाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका थिए।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुने विश्वास लिएको छ।