उखु किसानको २२ करोड बक्यौता नदिएको भन्दै अन्नपूर्ण चिनी मिलका सञ्चालक ५ दिनदेखि हिरासतमा

बिजमाण्डू
२०८३ असार ३० गते १४:०५ | Jul 14, 2026
उखु किसानको २२ करोड बक्यौता नदिएको भन्दै अन्नपूर्ण चिनी मिलका सञ्चालक ५ दिनदेखि हिरासतमा


काठमाडौं। अन्नपूर्ण चिनी मिलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले सञ्चालकहरू शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई नियन्त्रणमा लिएको हो।

GBIME
Tata

उनीहरूले किसानको उखुको मूल्य भुक्तान गरेको उजुरीको आधारमा पक्राउ गरेको जानकारी दिइएको छ। ठगी गरेको अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेद गौतमले बताए।

‘किसानको रकम नदिएको उजुरीको आधारमा ठगीमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ,’ डीएसपी गौतमले भने।

सर्लाही जिल्लाको धनकौलस्थित अन्नपूर्ण मिलले २२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ।