काठमाडौं। फिफा विश्वकपको क्वाटरफाइनलको अन्तिम खेलमा अर्जेन्टिनी खेलाडीहरु पाखुरामा कालो पट्टी लगाएर उत्रिएका छन्। यसको कारण कुनै विरोध नभएर आफ्नो टोलीको पूर्वकप्तानको सम्मान हो।
अर्जेन्टिनाका खेलाडीहरूले स्विट्जरल्यान्डविरुद्धको २०२६ फिफा विश्वकप क्वार्टरफाइनलमा कालो आर्मब्यान्ड लगाउनुको कारण अर्जेन्टिनी फुटबलका महान पूर्वकप्तान एन्टोनियो राटिनप्रति श्रद्धाञ्जलि अर्पण गर्नु हो।
८९ वर्षको उमेरमा शनिबार राटिनको निधन भएपछि अर्जेन्टिना फुटबल संघले फिफासँग विशेष अनुमति मागेको थियो। फिफाले अनुमति दिएपछि अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षकले स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलभर कालो आर्मब्यान्ड लगाएका हुन्।
राट्टिन अर्जेन्टिनाका सर्वकालीन उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिन्छन्। उनले सन् १९६६ को विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरेका थिए र देशको फुटबल इतिहासमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्।
अर्जेन्टिनाले पहिलो हाफमै स्वीट्जरल्याण्डविरुद्ध अग्रता बनाएको छ।










