युएईका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा कन्सल्टेन्सीका १३ सञ्चालक पक्राउ

बिजमाण्डू
२०८३ असार २६ गते २२:३१ | Jul 10, 2026
युएईका कलेजमा विद्यार्थी पठाएर ठगी गरेको आरोपमा कन्सल्टेन्सीका १३ सञ्चालक पक्राउ


काठमाडौं। नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका लागि युएईका शैक्षिक संस्थामा पठाइ ठगी गरेको आरोपमा प्रहरीले एजुकेशन कन्सल्टेन्सीका १३ जना सञ्चालकहरुलाई पक्राउ गरेको छ।

GBIME
Tata

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार २६ गते सञ्चालक पक्राउ गरेको हो। युएईमा अध्ययनमार्फत फ्रान्स तथा अष्ट्रेलियामा क्रेडिट ट्रान्सफर हुने प्रलोभन देखाएर ठगी गरेको आरोप सञ्चालकहरुलाई लगाइएको छ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा  डिल्लीबजारस्थित इडियूपोर्ट प्रालिका सञ्चालकहरु रुपक कोइराला राजेश भण्डारी र सन्तोष खतिवडा रहेका छन्।

यस्तै पुतलीसडकको वेस्टफोर्ड एजुकेशनका सञ्चालक चिन्टु श्रेष्ठ, बानेश्वरको प्रोप एभिएसनका सञ्चालकहरु सुरेन्द्र महर्जन, दिवस पोखरेल, मनित आचार्य र शेखर पाण्डे रहेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कालिमाटीको एस्पाएर ग्लोबल प्रालिका सञ्चालक विशाल चापागाईं पनि छन्।