काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी दोषी ठहर हुँदँ उनका छोरा सन्दीपले सफाइ पाएका छन्।
यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीकले पनि अभियोगबाट सफाइ पाएका छन्। बादलका सल्लाहकार इन्द्रजीत राई भने दोषी ठहर भएका छन्।
अदालतले मुद्दामा प्रतिवादी बनाइएका प्रतिवादीहरु रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशीष बुढाथोकीलाई अभियोगबाट सफाइ दिएको छ।











