बन्द उद्योग पुन: सञ्चालन गर्न सरकारले सहुलियत दिने, ‘लगानी संरक्षण रणनीति ल्याउँदै छौं’



बिजमाण्डू
२०८३ असार २३ गते १५:०३ | Jul 7, 2026
बन्द उद्योग पुन: सञ्चालन गर्न सरकारले सहुलियत दिने, ‘लगानी संरक्षण रणनीति ल्याउँदै छौं’


काठमाडौं। नेपाली सेनाले हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन थालेको छ।

Tata
GBIME
Nepal Life

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मंगलबार राष्ट्रिय सभाको बैठकमा सेनाले हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन थालेको जानकारी दिएकी हुन्।

‘हेटौंडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता विकास र रोजगारी सृजना गर्ने तथा अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने माध्यमका रूपमा विकास गर्ने गरी सञ्चालन गर्न खोजेका छौं,’ उनले भनिन्।

उनले अन्तरमन्त्रालय र अन्तर-तह समन्वय थप प्रभावकारी बनाई निजी क्षेत्रको मनोबल उच्च बनाएर उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहेको बताइन्।

मन्त्री गैरीकुमारीले विगतमा आन्दोलनका क्रममा भएको क्षतिले बन्द एवं रुग्ण भएका उद्योगलाई पुनः सञ्चालन ल्याउन विभिन्न छुट सुविधा तथा सहुलियतको व्यवस्था गर्न लागेको जानकारी दिइन्।

त्यसका लागि लगानी संरक्षण तथा प्रवर्धन रणनीति ल्याउन लागिएको छ। मन्त्रीले रणनीति हाल मन्त्रिपरिषद्‍बाट स्वीकृत हुने चरणमा रहेको जानकारी दिइन्।