हाथवे इन्भेस्टमेन्ट नेपालका सञ्चालक कार्कीले छोडे कम्पनी, अढाइ वर्षपछि दिए राजीनामा



बिजमाण्डू
२०८३ असार २३ गते ११:०९ | Jul 7, 2026
हाथवे इन्भेस्टमेन्ट नेपालका सञ्चालक कार्कीले छोडे कम्पनी,  अढाइ वर्षपछि दिए राजीनामा


काठमाडौं। हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका सञ्चालक शिव सिंह कार्कीले अढाइ वर्षपछि राजीनामा दिएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीमा सर्वसाधारणका तर्फबाट सञ्चालक रहेका कार्कीले कार्यव्यस्तताको कारण देखाएर राजीनामा दिएका हुन्।

कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको छ। कार्की २०८० पुस २६ गते भएको १५औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए।