काठमाडौं। अर्थ मन्त्रालयले इमर्जिङ नेपालको सञ्चालक समिति सदस्य फेरेको छ।
कम्पनीमा यसअघि मन्त्रालयका तर्फबाट थानप्रसाद पंज्ञानी सञ्चालक रहेकामा उनको स्थानमा भरतमणि पाण्डेलाई पठाइएको छ।
पाण्डे भन्सार विभागका निमित्त महानिर्देशक हुन्। पंज्ञानीले सरकारी सेवाबाट दुई महिनाअघि नै अवकाश पाएका थिए। पंज्ञानीले गत वैशाख १२ गते अवकाश पाएकामा मन्त्रालयले बल्ल कम्पनीमा आफ्ना तर्फबाट सञ्चालक फेरेको हो।
मन्त्रालयले पठाएका पाण्डेलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सदस्य नियुक्त गरेको कम्पनीले जनाएको छ।









