काठमाडौं। नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई अनावश्यक हैरानी दिएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख हैरानी दिएको गुनासोका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।
सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीलाई समेत अभद्र व्यवहार गरेको जिकिर प्रहरीको छ। बुधबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं राखिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देही सैनामैना ११ का डोलराज शेन, गोरखा गण्डकी गाउँपालिका ५ का प्रदिप भुजेल, जुम्ला गोठ्ठिचौर गाउँपालिका ४ का लोकदर्शन पाण्डे रहेका छन्।
यस्तै बाँकेको कोहलपुर नगरपालिका ५ का सन्देश शाही, कोहलपुर नगरपालिका १२ का मिलन भण्डारी, दाङ दङ्गीशरण गाउँपालिका ६ का रमेश खत्री, घोराही उपमहानगरपालिका २ का विकास घर्ती तथा रोल्पा रुन्डीगढी गाउँपालिका ७ का किरण पुन छन्।
रुपन्देही तिलोत्तमा नगरपालिका ११ का रोहित बिक, पोखरा महानगरपालिका ११ का सन्तोष शाही, डडेलधुरा अरमगढी नगरपालिका ७ का शिवराज भट्टराई, मुगु खप्याड गाउँपालिका ४ का कविराज रोकाय, दाङ तुल्सीपुर उपमहानगरपालिका १३ का प्रकाश खत्री, रुपन्देही बुटवल उपमहानगरपालिका ४ का रविन विश्वकर्मा तथा उदयपुर रौतामाई नगरपालिका ७ का जितबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै पक्राउ पर्नेमा कैलाली लम्किचुहा नगरपालिका १० का कृष्ण प्रसाद कठरिया, दाङ तुल्सीपुर नगरपालिका १८ का विजय नेपाली, कैलाली गोदावरी नगरपालिका २ का पदम ओली, दाङ शान्तिनगर नगरपालिका ५ का रिजन घर्ति मगर, स्याङ्जा गल्पाङ नगरपालिका ११ का कमल ज्ञवाली, कैलाली धनगढी नगरपालिका ८ का दिपक न्यौपाने, कैलाली टिकापुर नगरपालिका १ का मनोज साउद र कैलाली धनगढी उपमहानगरपालिका २ का प्रेम विष्ट छन्।











