काठमाडौं। एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्स दसैं अफर ल्याएको छ। कम्पनीले सेभ टनाटन अर्न टनाटन नारासहित ल्याएको यो योजना अन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरीदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने जनाएको छ।
कम्पनीका अनुसार ८० प्रतिशत सम्म फाईनान्स, दुई लाख पचास हजार रुपैयाँ सम्म छुट र १२ लाखको डाउनपेमेन्टमा गाडी दिइनेछ।
कम्पनीले एक वर्षको लागि नि:शुल्क बिमा र एक वर्षको लागि नि:शुल्क रोड ट्याक्स रहेको जनाएको छ।











