काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति निर्वाचन अन्तर्गत केन्द्रीय सदस्यहरुको भूगोलतर्फको मतपरिणाम सार्वजनिक भएको छ।
प्रवास समेतको परिणाम प्राप्त भएपछि पार्टी निर्वाचन आयोगले अन्तिम सूची सार्वजनिक गर्नेछ। रास्वपामा ९९ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन्। १५८ मध्ये अन्य मनोनीत हुनेछन्।
भूगोलतर्फको मतपरिणामको टप टेनमा उपसभापति स्वर्णिम वाग्लेदेखि सहमहामन्त्री विपीन आचार्यसम्म अटाएका छन्।
सर्वाधिक मत ल्याउने १० उम्मेदवार
- स्वर्णिम वाग्ले २६०७
- सोविता गौतम २५९४
- शिशिर खनाल २४९५
- सागर ढकाल २३३३
- तोसिमा कार्की २२५७
- रञ्जु दर्शना २२४९
- मनिष झा २२३७
- हरि ढकाल २२१९
- कविन्द्र बुर्लाकोटी २१८४
- विपिन आचार्य २१२६










