हिमालयन ओक्स स्पोर्टस र आरके सुज कलेक्सनमाथि कारबाही, वाणिज्य विभागले तिरायो जरिवाना



बिजमाण्डू
२०८३ असार ११ गते १७:४० | Jun 25, 2026
हिमालयन ओक्स स्पोर्टस र आरके सुज कलेक्सनमाथि कारबाही, वाणिज्य विभागले तिरायो जरिवाना

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले बिहीबार बजार अनुगमनका क्रममा न्यूरोडस्थित हिमालयन ओक्स स्पोर्टस र आरके सुज कलेक्सनलाई कारबाहीस्वरुप ५/५ हजार जरिवाना तिराएको छ।

त्यस्तै, काठमाडौं महानगर-३२ स्थित साल्ट फेसन र काठमाडौं महानगर-१० स्थित जीवी हेल्थ प्रालिलाई विभागमा बोलाइएको छ।

ती दुई फर्मलाई व्यवसायसँग सम्बन्धित बिल बिजक, दर्ता प्रमाणपत्र लगायत कागजपत्रसहित ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ।