मातृभूमि लघुवित्तले ११.४९ करोडको एफपीओ जारी गर्ने, त्यसपछि १:१ को अनुपातमा हकप्रद सेयर

बिजमाण्डू
२०८३ असार ११ गते ११:४३ | Jun 25, 2026
मातृभूमि लघुवित्तले ११.४९ करोडको एफपीओ जारी गर्ने, त्यसपछि १:१ को अनुपातमा हकप्रद सेयर


काठमाडौं। मातृभूमि लघुवित्तले एफपीओ जारी गर्ने भएको छ। कम्पनीले आफ्नो सेयर संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउन प्रति कित्ता १०० रुपैयाँका दरले ११ करोड ४९ लाख ९८ हजारको एफपीओ निष्कासन गर्ने भएको हो।

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले एफपीओ निष्कासनको प्रस्ताव पारित गर्ने एजेण्डा सातौं वार्षिक साधारण सभामा लाने भएको छ। साधारण सभा असार ३२ गते बोलाइएको छ।

एफपीओ निष्कासन पछि हकप्रद सेयर जारी गर्ने कम्पनीको योजना छ। एफपीओ निष्कासन पश्चात १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा लान लागिएको छ।