वाणिज्य विभागले बसेरा होटललाई गर्‍यो दुई लाख रुपैयाँ जरिवाना, १६ वटा फर्मलाई गरायो सचेत



बिजमाण्डू
२०८३ असार १० गते २०:५९ | Jun 24, 2026
वाणिज्य विभागले बसेरा होटललाई गर्‍यो दुई लाख रुपैयाँ जरिवाना, १६ वटा फर्मलाई गरायो सचेत

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बसेरा बुटिक होटल प्रालिको केशर क्याफेलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो।

Tata
GBIME
Nepal Life

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ विपरीत कसुर गरेको भन्दै विभागले सो जरिवाना गरेको हो।

यस्तै, विभागले पुरानो बानेश्वरको केएबी स्टोरलाई दश हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर पुल्चोकको मर्मेडलाई विभागले पाँच हजार जरिवाना गरेको छ।

अनुगमनका क्रममा अन्य १६ वटा फर्महरुलाई विभागले सामान्य सचेत मात्र गराएको छ।