कामना सेवा विकास बैंकले बिर्तामोडको एक विद्यालयलाई सहयोग गर्‍यो कुलर तथा ब्रेल पेपर



बिजमाण्डू
२०८३ असार १० गते १२:४७ | Jun 24, 2026
कामना सेवा विकास बैंकले बिर्तामोडको एक विद्यालयलाई सहयोग गर्‍यो कुलर तथा ब्रेल पेपर

काठमाडौं। कामना सेवा विकास बैंकले झापाको बिर्तामोड-९ स्थित दुर्गा माध्यमिक विद्यालयलाई कुलर र ब्रेल पेपर प्रदान गरेको छ। बैंकको बिर्तामोड शाखामार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो।

Tata
GBIME
Nepal Life

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई उक्त सामग्री हस्तान्तरण गरे। दृष्टिविहीन विद्यार्थीहरू बस्ने छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग गरेको जनाएको छ।

बैंकका अनुसार कुलरले गर्मी मौसममा छात्रावासको वातावरणलाई सहज बनाउनेछ। यसबाट दृष्टिविहीन विद्यार्थीहरूले आरामदायी वातावरणमा बस्न र अध्ययन गर्न सक्नेछन्।

त्यस्तै, ब्रेल पेपर दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनका लागि अत्यावश्यक सामग्री हो। यसले उनीहरूको सिकाइलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानाध्यापक सापकोटाले बैंकप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययन र छात्रावास व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।