काठमाडौं। नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रा.लिको लाइन्सेन्स खारेज गरेको छ। कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएसँगै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो।
कम्पनीले मनिचेञ्जर इजाजतपत्र तथा निरिक्षण विनियमावली, २०७० (चौथो संशोधनसहित)को विनिमय २२ बमोजिम कम्पनीले कारोबार बन्द गर्न पेश गरेको र सोही बमोजिम कारोबार बन्द गरी लाइन्सेन्स गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ।
साथै, यस कम्पनीसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा आगामी ३५ दिनभित्र जानकारी गराउन समेत राष्ट्र बैंकले अनुरोध गरेको छ।










