उज्बेकिस्तानमाथि पोर्चुगलको प्रभावशाली जितमा रोनाल्डोको दुई गोल, आलोचकलाई जवाफ



बिजमाण्डू
२०८३ असार १० गते ०१:०४ | Jun 24, 2026
उज्बेकिस्तानमाथि पोर्चुगलको प्रभावशाली जितमा रोनाल्डोको दुई गोल, आलोचकलाई जवाफ
पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डो। Photo: FIFA

काठमाडौं। पोर्चुगलले उज्बेकिस्तानमाथि प्रभावशाली जित निकालेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति अमेरिकाको ह्युस्टनमा सम्प्नन समूह समूह ‘के’को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० गोलअन्तरले हराउन सफल भएको हो। जारी विश्वकपमा यो पोर्चुगलको पहिलो जित हो।

Tata
GBIME
Nepal Life

पहिलो खेलमा डिआर कंगोसँग १–१ को बराबरी खेलेको पोर्चुगलले यस जितसँगै नकआउट चरणतर्फको यात्रालाई बलियो बनाएको हो। खासगरी पहिलो खेलमा फितलो प्रदर्शनका कारण आलोचनाको केन्द्रमा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्दै आलोचकलाई खेलबाटै जवाफ फर्काएका छन्।

उज्बेकिस्तानविरुद्ध रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जोआओ क्यान्सेलोको पासलाई सदुपयोग गर्दै उनले नजिकैबाट गोल गरेका थिए।

१७औं मिनेटमा नुनो मेन्डेसले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। उज्बेकिस्तानले २९औं मिनेटमा अजीज गानिएभमार्फत सुन्दर गोल गरेजस्तो देखिए पनि भीएआर परीक्षणपछि त्यसअघि फाउल भएको ठहर गर्दै गोल रद्द गरियो।

३९औं मिनेटमा ब्रुनो फर्नान्डेजको आकर्षक थ्रु पासमा रोनाल्डोले आफ्नो दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० गोलको सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पनि पोर्चुगलको दबाब कायम रह्यो। ६०औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरबाट सिर्जित अवस्थालाई रोक्ने क्रममा उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहीद नेमातोभबाट आत्मघाती गोल भयो र स्कोर ४–० पुग्यो।

नियमित समयतर्फ खेल सकिन तीन मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी राफेइल लिएओले गोल गर्दै पोर्चुगलकोलाई ५-० को प्रभावशाली जितसम्म पुर्‍याए।

यो समूहमा पोर्चुगलले अन्तिम खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने उज्बेकिस्तानले डिआर कंगोसँग खेल्नेछ।