चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन्।
चितवनमा जारी पार्टीक पहिलो महाधिवेशनबाट लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। सभापतिमा रविको मात्र उम्मेदवारी परेकाले निर्विरोध घोषणा भएको पार्टीका निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए।
यसअघि २०७९ मा दल दर्ताका क्रममा लामिछाने सभापति थिए। महाधिवेशनबाट पनि लामिछाने पुनः सभापतिका लागि निर्विरोध भएका हुन्।
मंगलबार नै बन्दसत्रमा लामिछानेले सभापतिमा उम्मेदवारी दिएका थिए। उनको प्रस्तावकमा वरिष्ट नेता बालेन्द्र शाह थिए।









