धुलिखेल खावा सडकमा दुई साताका लागि टिपर चलाउन रोक, यात्रुवाहक सवारी राति निषेध



बिजमाण्डू
२०८३ असार ९ गते २१:४६ | Jun 23, 2026
धुलिखेल खावा सडकमा दुई साताका लागि टिपर चलाउन रोक, यात्रुवाहक सवारी राति निषेध
फाइल फोटो

काठमाडौं। सडक कालोपत्रे प्रयोजनका लागि अरनिको राजमार्गको धुलिखेल खावा सडक खण्डमा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन दुई साताका लागि निश्चित समय बन्द हुने भएका छन्।

Tata
GBIME
Nepal Life

असार १४ देखि २८ गतेसम्म उक्त सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाइएको छ। एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेकका यात्रु तथा मालवाहक सवारीसाधनलाई पनि बेलुकी ७ बजेदेखि बिहान ५ सम्म प्रवेश निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।