बालेनको सचिवालयका आधा दर्जन सदस्य रास्वपाको केन्द्रीय सदस्यका आकांक्षी, सूचीमा को-को?



बिजमाण्डू
२०८३ असार ९ गते १५:२५ | Jun 23, 2026
बालेनको सचिवालयका आधा दर्जन सदस्य रास्वपाको केन्द्रीय सदस्यका आकांक्षी, सूचीमा को-को?

चितवन। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका आधा दर्जन सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा केन्द्रीय सदस्यमा आकांक्षा राखेका छन्।

Tata
GBIME
Nepal Life

बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, राजनीतिक सल्लाहकार असिम शाह, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सहसचिव सञ्जीव पाण्डे तथा स्वकीय उपसचिव विशाल अधिकारी र प्रकृति ढकाल केन्द्रीय सदस्यको आकांक्षी देखिएका हुन्।

उनीहरुमध्ये असिम, सुदीप र प्रकृतिले चुनाव लड्ने पक्का भएको बालेनको सचिवालयले जनाएको छ। बालेनको सचिवालयका अनुसार सुवास, सञ्जीव र विशाल चुनावी मैदानमा नउत्रिए मनोनयनमार्फत केन्द्रीय सदस्य बन्न सक्नेछन्।