भाटभटेनी सुपरमार्केटको बौद्धस्थित स्टोर पुनर्निर्माण, भोलिबाट पुन: सञ्चालनमा आउने



बिजमाण्डू
२०८३ असार ९ गते १४:०१ | Jun 23, 2026
भाटभटेनी सुपरमार्केटको बौद्धस्थित स्टोर पुनर्निर्माण,  भोलिबाट पुन: सञ्चालनमा आउने

काठमाडौं। भाटभटेनी सुपरमार्केटको बौद्धस्थित स्टोर असार १० गते बुधबारबाट पुनः सञ्चालनमा आउने भएको छ।

Tata
GBIME
Nepal Life

गत भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा आगजनीमा परेर पूर्णरुपमा क्षतिग्रस्त भएको स्टोर पुनर्निर्णमा गरेर सञ्चालनमा ल्याउन लागिएको हो।

भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले बौद्धस्थित स्टोर बुधबारदेखि नियमितरुपमा सञ्चालन हुने र त्यसका लागि सबै तयारी भइसकेको जानकारी दिए।

भाटभटेनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको बताएको छ।