बैंकिङ कसुर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी पक्राउ

बिजमाण्डू
२०८३ असार ६ गते १८:२२ | Jun 20, 2026
बैंकिङ कसुर मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी पक्राउ


काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने धादिङको नीलकण्ठ नगरपालिका-८ रामकोटका बाबुराम श्रेष्ठ पक्राउ परेका हुन्।

GBIME
Tata

जिल्ला अदालत काठमाडौंको २०८१ फागुन ४ को फैसलाले उक्त मुद्दामा बिगोबापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका २७ महाबौद्धबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ। रासस