गुगलका स्मार्टफोनमा उसैको प्रोसेसर, पिक्सेल सिक्स र पिक्सेल सिक्स-प्रोमा ‘टेन्सर’ प्रोसेसर



बिजमाण्डू
२०७८ साउन १९ गते १३:५४ | Aug 3, 2021
गुगलका स्मार्टफोनमा उसैको प्रोसेसर, पिक्सेल सिक्स र पिक्सेल सिक्स-प्रोमा ‘टेन्सर’ प्रोसेसर


काठमाडौं। गुगलले आफ्नै प्रोसेसर सार्वजनिक गर्ने भएको छ। गुगलले प्रोसेसरको नाम 'टेन्सर' राखेको छ।

Tata
GBIME
Nepal Life

गुगलले आफ्नो स्मार्टफोन पिक्सेल फोनमा इन-हाउस नै तयार गरिएको प्रोसेसर प्रयोग गर्ने जनाएको छ। गुगलले विगत १५ वर्षभन्दा बढी समयदेखि क्वालकम कम्पनीको प्रोसेसर आफ्ना एन्ड्रोइड डिभाइसमा प्रयोग गर्दै आएको छ।

टेन्सर प्रोसेसरको प्रयोग गुगलले आफ्ना स्मार्टफोन पिक्सेल सिक्स र पिक्सेल सिक्स-प्रोमा प्रयोग गर्ने जनाएको छ।  

गुगलले अब सार्वजनिक गर्ने फाइभ ए पिक्सेल फोनमा भने क्वालकमकै प्रोसेसर रहने जनाएको छ।