आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत, प्रतिनिधि सभामा छलफल ११ गते



बिजमाण्डू
२०८३ असार ५ गते १४:३६ | Jun 19, 2026
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत, प्रतिनिधि सभामा छलफल ११ गते

काठमाडौं। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाले स्वीकृत गरेको छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुवै विधेयक सैद्धान्तिक छलफलपछि सर्वसम्मतरुपमा स्वीकृत गरेको हो। विधेयक स्वीकृतसँगै सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउन भनिएको छ।

आर्थिक विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको प्रस्तावमा सांसदहरु खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्क साम्पाङ, गङ्गालक्ष्मी अवाल, इन्दिरा रानामगर, कृष्णहरि बुढाथोकी र गुरुप्रसाद बरालले धारणा राखेका थिए।

सांसदहरुले उठाएका विषयमा अर्थमन्त्री वाग्लेले आफूहरु सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका हिमायती भएको र बजेट सक्नेले नसक्नेलाई दिने सिद्धान्तमा आधारित रहेको बताए। उनले सोचविचार गरेर दूरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरेको बताए। ‘क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न सरकारले हिम्मत गरेको छ,’ उनले भने।

सभामुख डीपी अर्यालले आर्थिक विधेयकमाथि दफबार छलफलका लागि असार ११ गतेको मिति तोकेका छन्। बजेटसद्दग तीन वटा विधेयक सम्बन्धित हुनेमा विनियोजन विधेयक बिहीबार पारित भएको थियो।