हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा कोरम नपुगेर बस्न सकेन, तोकियो नयाँ मिति



बिजमाण्डू
२०८३ असार ५ गते ११:२९ | Jun 19, 2026
हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा कोरम नपुगेर बस्न सकेन, तोकियो नयाँ मिति


काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सभा सेयरधनीको गणपूरक संख्या (कोरम) नगुगेर स्थगित भएको छ।

Vigo
GBIME
Tata

कम्पनीले १७औं र १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन पार्टी प्यालेसमा राखेकामा सेयरधनीको गणपूरक संख्या नै नपुगेको हो।

कम्पनीको सञ्चालक समितिले साधारण सभाको नयाँ मिति तोकेको छ। साधारण सभा असार २६ गतेका लागि तोकिएको हो। साधारण सभाको स्थान पनि फेरिएको छ। कम्पनीले ललितपुरको टौखेलस्थित बिग बैंक्वेटमा साधारण सभा गर्ने बताएको छ।