युनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

बिजमाण्डू
२०८३ असार ५ गते ११:१४ | Jun 19, 2026
युनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?


काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने भएको छ।

GBIME
Tata

इन्स्योरेन्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ३१ करोड रुपैयाँ छ। इन्स्योरेन्सका सेयरधनीले नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश पाउनेछन्।