काठमाडौं । रुपन्देहीको बुटवलबाट नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरिरहेको आरोपमा ७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका वडा नं. १२ मा विगत केही दिन अगाडि देखि चिनियाँ नागरिकहरूले कानुनले निषेधित गरेको विभिन्न एप र वेबसाइट मार्फत क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीबाट खटिएको प्रहरी टोलीले असार०३ गते राति १ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरुबाट दुईवटा ल्यापटप र ११ वटा मोबाइल बरामद गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










