काठमाडौं। शंकास्पद तरिकाले भण्डारन गरेको फर्सी तथा तरबुजाजन्य तरकारीको बिउ नियन्त्रणमा लिन खोज्दा सर्लाहीको मलंगवा-२ कृष्ण मन्दिर नजिक सशस्त्र प्रहरीमाथि ढुंगामुढा भएको छ। मन्दिरस्थित सेल्स सप्लायर्समा संयुक्त टोलीले छापा मारेको थियो।
शंकास्पद तरिकाले भण्डारन गरेको ७५ बोरा बिउ नवीनकुमार यादवको दिनकर सेल्स सप्लायर्समा फेला परेको हो। नियन्त्रणमा लिन खोज्दा जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीमाथि ढुंगा प्रहार भएको छ।

गोप्य सूचनाको आधारमा टोलीले बुधबार राती नै सप्लायर्समा छापा मारेको थियो। सप्लायर्सबाट बिउ बरामद भएर नियन्त्रणमा लिने क्रममा केही स्थानीय भेला भई ढुंगामुढा गरेका थिए।
स्थितिलाई नियन्त्रणको लागि सशस्त्र प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको थियो। फर्सी तथा यस्तै प्रजातिका तरकारीको बिउ सीमावर्ती भारततर्फ लैजान
यसअघि गत जेठ २८ मा रौतहटको बौधीमाई-७ बाडा बंकुल टोलस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा त्रिपालले छोपेर लुकाइराखिएको ९० लाख रुपैयाँ बराबरको ३२२ बोरा यस्तै बिउ प्रहरीले नियन्त्रणमा लिएको थियो। बिउको तौल करिब १२ हजार ८८० किलोग्राम थियो।
त्यसहाँ पनि बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको थियो। घटनामा तीन स्थानीय र तीन प्रहरी सामान्य घाइते पनि भएका छन्। बरामद बिउ कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयको जिम्मा लगाएको थियो।











