निजामती विधेयकको मस्यौदा रायका लागि कानुन मन्त्रालयमा, प्रतिभाले संसद्‍मा के भनिन्?



बिजमाण्डू
२०८३ असार ३ गते १७:१९ | Jun 17, 2026
निजामती विधेयकको मस्यौदा रायका लागि कानुन मन्त्रालयमा, प्रतिभाले संसद्‍मा के भनिन्?

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा कानुन मन्त्रालयमा पठाएको छ।

Tata
GBIME
Nepal Life

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयकको मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिएकी छन्। कर्मचारीलाई ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हदका आधारमा अनिवार्य अवकाश दिने तयारी सम्बन्धमा सांसदहरुले सोधेको प्रश्नमा रावलले स्पष्ट जवाफ दिइनन्।

‘विधेयकको मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ। विधेयक संसद्‍मा पेस भएपछि सबै विषयमा छलफल भइ सम्मानित सदनबाटै टुंगिने हुँदा यस सम्बन्धमा माननीयज्यूहरुलाई मैले यति नै निवेदन गरें,’ उनले बुधबार प्रतिनिधि सभाको बैठकमा भनिन्।

मन्त्रालयले दुई महिनाअघि नै विधेयकको मस्यौदा तयार पारी सार्वजनिक गरेको थियो। वैशाख ११ गते सार्वजनिक गरिएको मस्यौदामा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हदको व्यवस्था थिएन।