सिटिजन्स बैंकले छान्यो चार सञ्चालक, संस्थापक सेयरधनीबाट ज्ञवाली, सर्वसाधारणबाट को-को?

बिजमाण्डू
२०८३ असार ३ गते ११:१६ | Jun 17, 2026
सिटिजन्स बैंकले छान्यो चार सञ्चालक, संस्थापक सेयरधनीबाट ज्ञवाली, सर्वसाधारणबाट को-को?


काठमाडौं। सिटिजन्स बैंकमा चार जना सञ्चालक निर्वाचित भएका छन्। बुधबार भएको ८औं विशेष साधारण सभाबाट चार जना सञ्चालक निर्वाचित भएका हुन्।

GBIME
Tata

संस्थापक समूहबाट अनिल ज्ञवाली तथा सर्वसाधारण समूहबाट प्रकाशचन्द्र मैनाली, राजेन्द्र पण्डित र हिमादेवी खड्का निर्वाचित भएको बैंकले जनाएको छ। ज्ञवाली र मैनाली यसअघि पनि बैंकको सञ्चालक थिए।

विशेष साधारण सभाले २ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नियामक निकायको स्वीकृतिपछि जारी गर्ने प्रस्ताव पारित गरेको छ। बैंकले ७.५ प्रतिशत ब्याजदरमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।