चिया घुम्तीमा दुर्घटनाग्रस्त स्कोरपिओबाट १०४ किलो गाँजा बरामद, चालक फरार



बिजमाण्डू
२०८३ असार १ गते १०:०२ | Jun 15, 2026
चिया घुम्तीमा दुर्घटनाग्रस्त स्कोरपिओबाट १०४ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं। दुर्घटनामा परेको एउटा गाडीबाट सुनसरीको बराहक्षेत्र-३ नडाहा चोकमा उल्लेख्य परिमाणमा गाँजा बरामद भएको छ। मदन भण्डारी लोकमार्गमा आइतबार मध्यरात दुर्घटनाग्रस्त भारतीय नम्बर प्लेटको स्कारपियोबाट १०४ किलो गाँजा बरामद भएको हो।

Tata
GBIME
Nepal Life

प्रहरीका अनुसार बीआर ३१पी६६५१ नम्बरको स्कोरपिओ गाडी चतराबाट नडाहातर्फ जाँदै थियो। चिया पसल रहेको टहरोमा ठोक्किएर दुर्घटना भएपछि गाडीमा सवारहरु भागे।

प्रहरीले जाँच गर्दा गाडीमा चारवटा प्लास्टिकका बोरामा राखिएको १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको हो। बरामद गाँजा र गाडी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ भने फरार चालकको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।