कर छलीको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीबारे सरकारले थाल्यो छानबिन



बिजमाण्डू
२०८३ जेठ २२ गते १४:५७ | Jun 5, 2026
कर छलीको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीबारे सरकारले थाल्यो छानबिन

काठमाडौं। राजस्व छलीको आशंकामा सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको हो।

स्रोतका अनुसार भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई समितिको संयोजक बनाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले समितिले द्रुत गतिमा छानबिन सुरु गरिसकेको जानकरी दिइन्

‘सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कागजातको सुक्ष्म अध्ययन गर्न केही समय लाग्न सक्छ,’ उनले भनिन्।