सुन तोलामा २ हजार १०० रुपैयाँले घट्यो, चाँदीको मूल्य ५५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८३ जेठ २२ गते ११:१९ | Jun 5, 2026
सुन तोलामा २ हजार १०० रुपैयाँले घट्यो, चाँदीको मूल्य ५५ रुपैयाँ सस्तियो

काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

शुक्रबारको लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ९ हजार रुपैयाँ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा २०० रुपैयाँ घट्दै प्रति तोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला ३ लाख ११ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ। शुक्रबार चाँदीको भाउ प्रति तोला ५ हजार २३० रुपैयाँ भएको कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ५ हजार २८५ रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रति ‍औंस ४४४३.६८ डलर छ। चाँदी प्रतिऔंस ७२.७८ डलर छ।

बिहीबार सुनको मूल्य प्रति औंस ४४७३.९८ डलर र चाँदी प्रति औंस ७३.४८ डलरमा कारोबार भएको थियो।