थाइल्यान्डबाट पक्राउ गरी ल्याइएकी टिकटर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

बिजमाण्डू
२०८३ जेठ २१ गते १७:०७ | Jun 4, 2026
थाइल्यान्डबाट पक्राउ गरी ल्याइएकी टिकटर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा


काठमाडौं। टिकटकमा ‘तुल्सा कलेक्सन’ नामबाट परिचित तुलसा अधिकारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

GBIME
Tata

जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले तुलसालाई बिहीबार थुनामा पठाउन आदेश गरेको हो। उनलाई इन्टरपोलको समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी गत आइतबार नेपाल ल्याइएको थियो।

अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भएको थियो।

चीनमा बसेर व्यापार गर्दै आएकी तुलसा सामाजिक सञ्जालमा सक्रिय थिइन्। उनीविरुद्ध व्यवसायी कुमार चिमोरियाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनीविरुद्ध ६ करोड ५२ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।