काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरीक्षण गरेकी छन्।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको विभागलाई मन्त्रालय पुनर्गठनका क्रममा अहिले स्वास्थ्य मन्त्रालय मातहत राखिएपछि मन्त्री मेहताले बिहीबार विभागको निरीक्षण गरेकी हुन्।
मन्त्री मेहतालाई विभागका कर्मचारीले आफूले गर्दै आएको काम र भावी कार्ययोजनाबारे जानकारी गराएका छन्।










