काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले १० मेगावाटभन्दा माथिको जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता(पीपए)बारे अन्योल देखिएको भन्दै प्रश्न उठाएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाको पीपीए टेक अर पेमा गर्ने उल्लेख गरे पनि १० मेगावाट भन्दा माथिका आयोजनाको पीपीएबारे केही उल्लेख नगरेका कारण इप्पानले प्रश्न उठाएको हो।
इप्पानले बिहीबार काठमाडौंमा गरेको ‘पोष्ट बजेट डिस्कसन अन इनर्जी’ विषयक कार्यक्रममा इप्पानका उपाध्यक्ष आनन्द चौधरीले भने, ’सरकारले १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए टेक अर पेमा गर्छु भन्यो। तर १० मेगावाटभन्दा माथिका आयोजनाको पीपीए के हुन्छ? भन्ने विषयमा बोलेको छैन। यसमा हामीले प्रश्न गर्नुपर्छ।’










