ग्रेट वाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी भित्र्याउँदै, यस्ता हुनेछन् फिचरहरू



बिजमाण्डू
२०८३ जेठ २१ गते १३:०५ | Jun 4, 2026
ग्रेट वाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी भित्र्याउँदै, यस्ता हुनेछन् फिचरहरू

काठमाडौं। ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा सफल उपस्थिति बनाएको कम्पनीले अब नेपाली ग्राहकलाई पनि विश्वस्तरीय विद्युतीय सवारी अनुभव प्रदान गर्ने जनाएको छ।

कम्पनीले हालसम्म नयाँ मोडलको औपचारिक घोषणा नगरे पनि सार्वजनिक भएका प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र र विद्युतीय सवारी पारखीहरूबीच उत्साह बढाएको छ। नयाँ एसयूभी आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित नेपाली बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

नयाँ एसयूभीले एक पटकको चार्जमा करिब ५२० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। कम्पनीका अनुसार स्मार्ट डिजिटल प्रविधि, उन्नत सुरक्षा प्रणाली र सहज ड्राइभिङ अनुभवलाई प्राथमिकतामा राखेर यसको विकास गरिएको छ।

प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर र आधुनिक सौन्दर्यले यसलाई सडकमा अलग पहिचान दिने विश्वास कम्पनीको छ।

यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यु तथा ७ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू रहने अपेक्षा गरिएको छ। उद्योगकै अग्रणी एईबी र एमईबी सुरक्षा प्रविधिले सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

नयाँ एसयूभीमा २० भन्दा बढी एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टम (अडास) सुविधाहरू समावेश हुने बताइएको छ। स्मार्ट ककपिट, कफी ओएस ३.० एआई सिस्टम र वान-टच कन्ट्रोल जस्ता प्रविधिले चालक तथा यात्रुलाई फ्युचरिस्टिक सवारी अनुभव दिलाउने अपेक्षा गरिएको छ।

यसमा आरामदायी यात्राका लागि भेन्टिलेसन सुविधासहित ६ तरिकाले विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रिमियम ड्राइभर सिट उपलब्ध हुने जनाइएको छ। ५ स्तरीय ब्याट्री सुरक्षा प्रणालीले थप सुरक्षा र विश्वसनीयता प्रदान गर्ने विश्वास गरिएको छ।

सहरका सडकदेखि लामो राजमार्ग यात्रासम्म सहज संचालनका लागि यसमा ४ स्मार्ट ड्राइभिङ मोड पनि समावेश गरिनेछ।

बजारमा चर्चामा रहेको अर्को विशेषता यसको बहु-तह सुरक्षात्मक कोटिङ प्रविधि हो। यसले सामान्य स्क्र्याचहरूलाई सूर्यको तापको प्रभावबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने बताइएको छ। यसले गाडीको आकर्षण र चमक लामो समयसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।