काठमाडौं। सरकारले कर्मचारीको विदेश भ्रमण र अध्ययन विदा स्वीकृतिमा कडाइ गर्न लागेको छ।
कर्मचारी हाकिमलाई रिझाएर विदेश जाने र अध्ययन विदामा बस्ने प्रवृत्ति मौलाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडाइ गर्न लागेको हो।
मन्त्रालयले विदेश भ्रमण र अध्ययन विदा स्वीकृतिमा एकरुपमा कायम गर्न लागेको छ। यसका लागि सामान्य प्रशासनले सबै मन्त्रालय, आयोग र केन्द्रीयस्तरका निकायलाई बोलाएको छ। मन्त्रालयले कर्मचारी प्रशासन हेर्ने महाशाखा प्रमुख र शाखा प्रमुखलाई छलफलका लागि बोलाएको हो।
छलफलमा ‘वैदेशिक मनोनयन र अध्ययन विदा स्वीकृतिमा एकरुपता कायम तथा वैदेशिक अध्ययनमा गएका र असाधारण विदामा रहेका कर्मचारीको अभिलेख व्वस्थापन’ मुख्य एजेण्डा छन्। छलफल केहीबेरमा मन्त्रालयमा सुरु हुँदैछ।











