रसुवागढी जलविद्युत आयोजना शुक्रबारदेखि बन्द गरिने, पुनर्निर्माण सम्पन्न गर्न तीन साता



बिजमाण्डू
२०८३ जेठ २१ गते १२:२१ | Jun 4, 2026
रसुवागढी जलविद्युत आयोजना शुक्रबारदेखि बन्द गरिने, पुनर्निर्माण सम्पन्न गर्न तीन साता

काठमाडौं। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना भोलिदेखि तीन साता बन्द गरिने भएको छ।

Tata
GBIME
Nepal Life

पुनर्निर्माण सम्पन्न गरेर आगामी वर्षायाममा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न भन्दै आयोजना शुक्रबारबाट असार १३ गतेसम्मका लागि बन्द गर्न लागिएको हो। आयोजनालाई विद्युत उत्पादन बन्द गर्न नेपाल विद्युत प्राधिकरणले स्वीकृति दिइसकेको छ।

पोहोर असार २४ मा आएको बाढीका कारण आफ्ना अधिकांश संरचना तथा मेसिन उपकरणमा ठूलो क्षति पुगेपछि आयोजना बन्द हुन पुगेकोमा आंशिक रूपमा पुनर्निर्माण गरी मंसिर अन्तिमबाट संचालनमा आएको थियो।

‘पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने योजना मुताविक वर्षायाम अगावै सम्पन्न गर्नुपर्ने पुनर्निर्माणका कार्य गर्न जेठ २२ देखि असार १३ सम्म रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गर्न नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ रसुवागढी हाइड्रोपावर कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा भनिएको छ।