मधेसका पूर्वमन्त्री सरोज सिंहलाई भ्रष्टाचार कसुरमा ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना

बिजमाण्डू
२०८३ जेठ २० गते १५:१३ | Jun 3, 2026
मधेसका पूर्वमन्त्री सरोज सिंहलाई भ्रष्टाचार कसुरमा ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना


काठमाडौं। मधेस प्रदेशका पूर्व राज्यमन्त्री सरोजकुमार सिंह कुशवाहालाई विशेष अदालतले भ्रष्टाचारको कसुरमा दोषी ठहरसँगै सजाय र जरिवाना गरेको छ।

GBIME
Tata

विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकेको छ। विशेष अदालतले जेठ ४ उनलाई दोषी ठहर गरेको थियो।

उपभोक्ता समितिको नाममा जम्मा भएको रकम उनले आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फतमार्फत झिक्न लगाएर आफ्नो परिवारको बैंक खातामा राखेका थिए। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरी भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जसपाका नेता सिंह प्रदेशसभामा महोत्तरी-४ (२) बाट निर्वाचित भएका हुन्। मुद्दा चलेसँगै पद निलम्बित छ।