एनएमबि बैंकको ३ अर्बको सेयर सूचीकृत, संस्थागत लगानीकर्ताले भोलिदेखि किनबेच गर्न पाउने



बिजमाण्डू
२०८३ जेठ १९ गते १६:३३ | Jun 2, 2026
एनएमबि बैंकको ३ अर्बको सेयर सूचीकृत, संस्थागत लगानीकर्ताले भोलिदेखि किनबेच गर्न पाउने


काठमाडौं। एनएमबि बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

Vigo
GBIME
Tata

बैंकको अंकित मूल्य १०० रुपैयाँ दरको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो‍।

कम्पनीको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ।

सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो सेयर खरिद बिक्री गर्न पाउँदैनन्।

बैंकहरुको पुँजी कोष दबाबका कारण नयाँ व्यवसाय विस्तारमा समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको विकल्प दिएको छ।

एनएमबि बैंकले जारी गरेको सेयरमा ब्याजदर ८.२५ प्रतिशत छ।