माण्डु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत वितरण गर्ने

बिजमाण्डू
२०८३ जेठ १९ गते १०:४५ | Jun 2, 2026
माण्डु हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १० प्रतिशत वितरण गर्ने


काठमाडौं। माण्डु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबारको बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर गर्ने निर्णय गरेको हो।

GBIME
Tata

हाइड्रोले सेयरधनीलाई कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी छ।

पुँजीको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ बराबर १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर वितरण गर्न लागेको हो।

बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२ प्रतिशतका दरले ७१ लाख ७७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ।

कम्पनीले प्रवर्द्धन गरेको ३२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाबाट उत्पादन भइरहेको विद्युत बिक्री तथा अन्य आम्दानीबाट प्राप्त मुनाफाका आधारमा लाभांश प्रस्ताव गरिएको हो।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।