नक्कली सांसद बनेर प्रहरीलाई नै विभिन्न दबाब दिने तामाङ पक्राउ, सात दिन म्याद थप

बिजमाण्डू
२०८३ जेठ १८ गते २०:३८ | Jun 1, 2026
नक्कली सांसद बनेर प्रहरीलाई नै विभिन्न दबाब दिने तामाङ पक्राउ, सात दिन म्याद थप


काठमाडौं। प्रतिनिधि सभा सदस्यको झुटो परिचय दिएर अनुचित दबाब दिएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नक्कली माननीय लोकबहादुर तामाङलाई पक्राउ गरेको हो।

GBIME
Tata

आफू सिन्धुली १ को प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्की भएको भन्दै तामाङले ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिहरुलाई फोनमार्फत दबाब दिने, काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहार समेत गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

जेठ १४ गते पक्राउ परेका तामाङलाई अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।