क्यानडा, दुबई लगायत देश पठाउने भन्दै साढे ९७ लाख ठगी गर्ने ६ जना पक्राउ

बिजमाण्डू
२०८३ जेठ १४ गते ११:०२ | May 28, 2026
क्यानडा, दुबई लगायत देश पठाउने भन्दै साढे ९७ लाख ठगी गर्ने ६ जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।

GBIME
Tata

प्रहरीका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई पक्राउ गरिएको हो।

अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट १० लाख, कृष्णप्रसादले दुबईको लोभ दोखाएर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ठगेको प्रहरी अनुसन्धानमा देखिएको छ।