नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए, भट्टराईको ठाउँमा लम्साल

बिजमाण्डू
२०८३ जेठ १२ गते १२:०५ | May 26, 2026
नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए, भट्टराईको ठाउँमा लम्साल
अमृत लम्साल


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंकको सञ्चालक समितिमा सहसचिव अमृत लम्साललाई पठाएका छन्।

GBIME
Tata

मन्त्री वाग्लेले सहसचिव महेश भट्टराईलाई फिर्ता बोलाएर लम्साललाई नेपाल बैंकको सञ्चालक बनाएका हुन्। भट्टराई एक महिनाअघि अर्थ मन्त्रालयको नीति विश्लेषण महाशाखाबाट बागमती प्रदेशमा सरुवा भएका थिए।

यसअघिका अर्थमन्त्री रामेश्वर खनालले गत असोज अन्तिम साता थानप्रसाद पंज्ञानीलाई फिर्ता बोलाएर भट्टराईलाई नेपाल बैंकको सञ्चालक बनाएका थिए।