चिरख्वा हाइड्रोपावरको हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक



बिजमाण्डू
२०८३ जेठ ११ गते ११:२४ | May 25, 2026
चिरख्वा हाइड्रोपावरको हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक


काठमाडौं। चिरख्वा हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष दीपक राई र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।