आज सुनको भाउ १०० रुपैयाँले घट्यो, चाँदीको मूल्य ६५ रुपैयाँ बढ्यो



बिजमाण्डू
२०८३ जेठ ८ गते ११:१२ | May 22, 2026
आज सुनको भाउ १०० रुपैयाँले घट्यो, चाँदीको मूल्य ६५ रुपैयाँ बढ्यो


काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

अघिल्लो दिनको भन्दा आज सुन तोलाको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। बिहीबार सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेर प्रति तोला २ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य भने शुक्रबार ६५ रुपैयाँ बढेर प्रति तोला ५ हजार ५१५ रुपैयाँ भएको छ। बिहीबार पनि चाँदी तोलामा ९० रुपैयाँ बढेर प्रति तोला ५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस ४५२६.४९ डलर छ। चाँदी प्रति औंस ७६.५२ डलर पुगेको छ। बिहीबार सुन प्रति औंस ४५२४.७७ डलर र चाँदी प्रति औंस ७५.०८ डलर थियो।