काठमाडौं। सानिमा बैंकको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्चसचेन्जमा सूचीकृत भएको छ।
बैंकको अविचमोच्य असञ्चिति अग्राधिकार सेयर बिहीबार नेप्सेमा सूचीकृत भएसँगै शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।
प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको हो।
बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद–बिक्री गर्न पाइने व्यवस्था छ। सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी (ब्रोकर, व्यापारी, मर्चेन्ट बैंकर लगायत) तथा सामूहिक लगानी कोषले भने यो सेयर खरिद–बिक्री गर्न पाउँदैनन्।
पुँजी कोषमा दबाब परेर व्यवसाय विस्तार गर्न सकस परेका बैंकलाई नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको विकल्प दिएको छ।










